राजनीति

राष्ट्रपति निर्वाचन : यस्तो हुनेछ दुईथरी मतपत्र

इकागज |
फागुन २५, २०७९ बिहीबार ८:१ बजे

नमूना मतपत्र ।

काठमाडौँ- आज हुने राष्ट्रपति निर्वाचनको निम्ति अलग अलग दुईवटा मतपत्र उपलब्ध हुनेछ ।

निर्वाचन आयोगले ब्यवस्था गरे अनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी अलग–अलग मतपत्र उपलब्ध हुन लागेको हो ।


रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सांसदलाई दिइने आयोगका सह सचिव तथा प्रवक्ता शालिकराम पौडेलले जानकारी दिए ।

मुलुकको तेस्रो राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।

र, यो पनि


Author

थप समाचार
x