राजनीति

उच्च तहका नेताहरूको सम्पत्ति छानबिन हुनैपर्छ : उपसभापति गुरुङ

इकागज |
साउन ९, २०८० मंगलबार १५:४५ बजे

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेताहरूको सम्पत्ति छानबिन गर्न छानबिन समिति आयोग गठन गर्नुपर्ने बताएका छन् ।​

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले फरक कांग्रेसीहरूले राजनीतिक दलका उच्च तहका नेताहरूको सम्पत्ति विवरण छानबिन गर्न सरकारसँग आग्रह गर्नुपर्ने जिकिर गरे ।


उपसभाति गुरुङले उच्च तहका नेताहरूको सम्पत्ति छानबिन गरी रूपान्तरणको अभियान सुरु गर्नुपर्ने बताउँदै उच्च तहका नेताको सम्पत्ति अब चाँडै नै छानबिन हुने जानकारी दिए । रूपान्तरण विषय र सिद्धान्तबाट हुने भन्दै व्यक्तिको अनुहारबाट रूपान्तरण सम्भव नरहेको उनकाे जिकिर छ । भ्रष्टाचारका ठूला ठूला काण्डहरूको फाइल खोल्दै अनियमितता गर्नेहरूलाई कानुनी कठघरामा उभ्याउने उनले बताए । निष्ठा, विचार र सिद्धान्तको कुरामा मन्त्री पदको पर्वाह नरहेको उल्लेख गरे ।

उपसभापति गुरुङले रूपान्तरणको नाममा अहिले नै पार्टी सभापति परिवर्तन गर्ने भन्ने पक्षमा आफू नरहेको र १५ औं अधिवेशनबाट पार्टी नेतृत्व रूपान्तरण हुने बताए । उनले १५ औं महाधिवेशनमा पार्टीको सभापति बदल्ने लक्ष्य लिएर अघि बढ्न आवश्यक रहेको बताए । १५ औं पार्टी महाधिवेशनमा डा. शेखर कोइरालालाई पार्टीको सभापति बनाउने उद्घोष गरे ।  


Author

थप समाचार
x