राजनीति

संसद्‌मा सिके राउतले भने- दलहरूको घण्टौँ कुराभन्दा एलिना चौहानको गीत गाए संक्षिप्त हुन्थ्यो

इकागज |
फागुन ३०, २०८० बुधबार १४:१२ बजे

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतले दलहरूको कुराभन्दा गायिका एलिना चौहानको गीत संक्षिप्त हुने बताएका छन् । बुधबारको संसद्‌ बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने छलफलमा बोल्दै राउतले यस्तो बताएका हुन् ।

'हामीले सबै दलको कुरा सुन्यौँ । त्यो सुन्दा, घण्टौँसम्म सुन्दा लाग्थ्यो त्योभन्दा त एलिना चौहान गीत गाइदिँदा संक्षिप्त हुन्थ्यो जस्तो लाग्थ्यो । लामो फेरिहस्त दिनै पर्ने थिएन' राउतले भने । 



Author

थप समाचार
x