राजनीति

काठमाडौँमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

इकागज |
असार ४, २०७८ शुक्रबार १९:१३ बजे

काठमाडौँ :  काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । जडिबुटीमा नेपाली कांग्रेस निकट नेविसंघ गुल्मी-काठमाडौं सम्पर्क मञ्‍चले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो ।  

नेविसंघले प्रतिनिधि सभा विघटन, मूल्यवृद्धि, चुरे दोहनलगायतका विषयमा सरकारको गरेको निर्णयको विरोध गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेको जनाएको छ । 


सरकारको कदमको विरोध गर्दै नेविसंघका नेता कार्यकर्ताले मसाल जुलुस निकालेका थिए । विरोधका क्रममा उनीहरूले सरकारविरोधी नारा लगाएका थिए । पुत्ला दहनका क्रममा प्रहरीले हस्तक्षेप पनि गरेको थियो । प्रहरीले केही विद्यार्थी नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।  


Author

थप समाचार
x