राजनीति

नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको बैठक जारी, भीम रावल पनि सहभागी

इकागज |
साउन १०, २०७८ आइतबार १७:४८ बजे

काठमाडौँ - नेकपा एमालेको माधवकुमार नेपाल समूहका स्थायी कमिटीका सदस्यहरुको बैठक सुरु भएको छ । शंखमुलस्थित एक क्याफेमा सुरु बैठकमा माधवकुमार नेपालसहित उनका समूहका नेताहरु सहभागी भएको घनश्याम भुसालले जानकारी दिए । 

‘छलफल सुरु भएको छ । आजको छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा कुरा गर्दै अब कसरी अघि बढ्ने भन्ने विषयमा कुरा भइरहेको छ’ उनले भने ।  आजको बैठकमा यसअघिको बैठकमा सहभागी नभएका नेता भीम रावल पनि सहभागी भएको भुसालले जानकारी दिए ।


आजको बैठकमा यसअघिको बैठकमा सहभागी नभएका नेता भीम रावल पनि छन् । यसअघिको बैठकमा रावल नआएपछि वरिष्ठ नेता नेपाल रावललाई भेट्न उनकै निवास टोखा पुगेका थिए । सांसद पदबाट राजीनामा दिएका रावलले नेपालसँगको छलफलपछि सभामुखलाई भेटेर राजीनामा पत्र फिर्ता लिएका थिए । आजको बैठकमा विघटन भएको कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावमा छलफल हुने र आगामी रणनीति तय गरिने बताइएको छ ।  


Author

थप समाचार
x