राजनीति

बोहोराटारमा पौडेल समूहको बैठक, महाधिवेशनदेखि मन्त्री छान्ने विषयमा छलफल

इकागज |
साउन ३१, २०७८ आइतबार १५:५७ बजे

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै निवास बोहोराटारमा गुट भेला बोलाएका छन् । पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन सार्ने निर्णय गरेको भोलिपल्ट नै पौडेलले आफ्नो पक्षका नेताको भेला बोलाएका हुन् । अहिले जारी भेलामा महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर कोइरालालगायत नेता छन् ।   

आजको बैठकमा मन्त्री छनोटदेखि महाधिवेशनबारे रणनीति बनाउने विषयमा छलफल हुने बताइएको छ ।  कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको एक महिना भइसके पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै आलोचना भइरहेको छ । आलोचनाकै बीच पौडेल समूहले आफ्नो पक्षबाट सरकारमा जानेको नाम टुंग्याउन लागेको हो । पौडेल समूहले तीन मन्त्री पाउने चर्चा छ । 



Author

थप समाचार
x