राजनीति

‘सभामुखलाई हान्न माइक तानेँ, मौका मिलेन आज टाउको नै फुटाउँथेँ’

इकागज |
भदौ २५, २०७८ शुक्रबार १६:२९ बजे

काठमाडौँ -  नेकपा एमालेकी सांसद रेखा झाले आज सभामुखको टाउको फुटाउने योजना भएको बताएकी छन् । प्रतिनिधि सभाको आजको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनेक्रममा उनले यस्तो बताएकी हुन् ।  

‘आज टाउको नै फुटाउँथेँ सभामुखलाई हान्न माइक तानेको । संसद्को मर्यादा छ नि । विरोध भइरहेको छ । हामी नारा लगाइरहेका छौँ बैठक चलाउने ?’ उनले भनिन्, ‘नियम उल्लंघन गर्नेलाई के गर्ने ? अहिले हानेको छैन मौका मिल्यो भने हान्छौँ ।’


उनले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक झिकेर रोस्ट्रमतर्फ हान्न खोजेकी थिइन् । उनले एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुखको भूमिकामाथि प्रश्न गरिन् ।   


Author

थप समाचार
x