राजनीति

एमाले सुनसरी जिल्ला अध्यक्षमा विवाद

इकागज |
कात्तिक ६, २०७८ शनिबार २०:० बजे

इटहरी - सुनसरीमा नेकपा एमालेको जिल्ला अध्यक्ष चयनको विषयमा विवाद देखिएको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी ओली पक्ष असहमत देखिएकाले जिल्ला अध्यक्ष रहेका रेवतीरमण भण्डारी र रमेश बस्नेतबीच आधिकारिक अध्यक्षमा विवाद देखिएको हो । 

३ जेठ ०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता हुनभन्दा अगाडिका अध्यक्षलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले स्वीकार नगरेपछि विवाद देखिएको बस्नेत समर्थकहरूको भनाइ छ । भण्डारी ओली पक्षका हुन् भने बस्नेत माधव नेपाल पक्षले पार्टी विभाजन गर्दा १० बुँदे सहमति गरी एमालेमै बसेका नेताहरूको पक्षका हुन् ।


भण्डारीले २  कात्तिकमा पार्टीको सचिवालय बैठक बसेको र विभिन्न निर्णयहरू भएको उल्लेख गर्दै विज्ञप्तिसमेत जारी गरेका छन् । भण्डारीको यस्तो धारणाप्रति बस्नेत रुष्ट बनेका छन् ।

एमाले अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल रूपमा सम्बोधन गर्दै देशका सबै वडामा अधिवेशनको उद्घाटन गरेका हुन् । पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले अधिकांश वडामा अधिवेशन सम्पन्न भएको बताएका छन् । यसैबीच सुनसरी जिल्लामा भने आधिकारिक अध्यक्ष को हो ? भन्नेमै विवाद चुलिएको हो ।
 


Author

थप समाचार
x