राजनीति

थवाङमा पहिलो पटक बन्यो एमाले गाउँ कमिटी

इकागज |
कात्तिक १५, २०७८ सोमबार २१:५ बजे

दाङ – रोल्पाको थवाङमा अहिले चारवटा राजनीतिक दलको उपस्थिति देखिएको छ । नेकपा माओवादी केन्द्र, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, नेपाली कांग्रेस र नेकपा एमालेको उपस्थिति थवाङमा देखिएको हो । 

अहिलेसम्म नेकपा एमालेले आफ्नो संगठन विस्तार गर्न नसकेको थवाङमा पहिलो पटक आफ्नो सागठनिक संरचना निर्माण गरेको छ । एमालेको दशौं महाधिवेशनअन्तर्गतको वडा र पालिका अधिवेशनमा थवाङमा एमालेले पालिका समिति गठन गरेको छ । एमाले रोल्पा अध्यक्ष वलराम बुढाले केही कार्यकर्ताहरू सम्पर्कमा भए पनि यसअघि संगठन बनाउन नसकेको र अहिले संगठन बनेको बताए । उनले  एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको पार्टीका गतिविधिले थवाङमा एमाले छिर्न सकेको उल्लेख गरे ।


‘पार्टी एकीकरणको कुराले पनि महत्त्वपूर्ण बनायो,’ उनले भने,’ त्यसमा एकीकरणपछि पार्टी पुनः पुरानै अवस्थामा फर्कंदा पनि जिल्लाका केही प्रभावशाली माओवादी नेताहरू एमालेमै बसेका कारण पनि थवाङमा गाउँ कमिटी बनाउन सकिएको हो ।’ अदालतले फैसला गरेर दुई पार्टी अलग भएपछि थवाङमा जान सहज भएको उनले बताए । उनले थवाङ प्रवेशले ठूलो उत्साह थपिएको उल्लेख गरे । थवाङको हकमा बुढाले एमालेको पहिलो कमिटी भएको दाबी गरेका छन् ।  

अहिले देवबहादुर घर्तीको अध्यक्षतामा थवाङमा गरिएको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको बताए । सर्वसम्मत रूपमा चयन गरिएको गाउँ कमिटीको उपाध्यक्षमा सरस्वती नेपाली, सचिवमा मनोज बुढा, उपसचिवमा निर्मल परियार र मूलधन पुन समेटिएका छन् ।

सदस्यहरूमा धन पुन, दात रोका, तारा रोका, शैलेन्द्र दिनालु, किसन घर्ती मगर, बुलमाया घर्ती मगर, मिलन बिक, किस्मत घर्ती मगर, सुरेन्द्र घर्ती मगर, गोरे रोका, मूलबहादुर रोका, दीपक बुढा, पुरुषोत्तम बुढा, सन्देश बुढा, भूपेन्द्र बुढा, पार्वती रोकाय बुढा मगर, आशपुरा गुरुङ, गंगा बुढा, दिलकुमारी घर्ती, पूर्ण घर्ती, प्रशान्त घर्ती, लोकबहादुर घर्ती, बालकुमार रोका, बिस्नु रोका, योजना रोका, दिलकुमारी रोका, सुन्तुकी घर्ती, क्षेत्र घर्ती, खेत्ता घर्ती, नकस घर्ती रहेको ३५ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ । थवाङमा यसअघि नेपाली कांग्रेसले पनि वडा र पालिका नेतृत्व चुनेको थियो ।


Author

थप समाचार
x