राजनीति

रावललाई ओलीको जवाफ- उम्मेदवार बन्ने अधिकार खोसिइँदैन

इकागज |
मंसिर ११, २०७८ शनिबार २१:१४ बजे

चितवन - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार बन्ने कसैको अधिकार नखोसिइने बताएका छन् । चितवनमा जारी एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा लड्ने घोषण गरेका नेता भीम रावलतर्फ संकेत गर्दै ओलीले यस्तो बताएका हुन् । 

विधानअनुसार अधिकार सबैले प्रयोग गर्न पाउने  ओलीको भनाइ छ । ओलीले सहमति प्रयास गर्दै आए पनि रावलले अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका छन् । ‘विधानअनुसार सबैलाई अधिकार रहन्छ । जबरजस्ती सहमति गरिँदैन । जबज पास भएकै महाधिवेशनबाट केन्द्रीय कमिटी सर्वसम्मत चुनिएको थियो । उम्मेदवारी बन्ने कसैको अधिकार खोसिइँदैन,’ ओलीले भने ।



Author

थप समाचार
x