राजनीति

एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिए शपथ

इकागज |
मंसिर १४, २०७८ मंगलबार १९:९ बजे

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । दोस्रो पटक एमाले अध्यक्ष निर्वाचित भएका ओलीलाई निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 

ओली आजमात्रै १८३७ मत ल्याएर एमालेको अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार भीम रावलले भने २२३ मत ल्याएका थिए । पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले अहिले शपथ ग्रहण गर्दैछन् ।   



Author

थप समाचार
x