राजनीति

जनयुद्धका ज्युँदा कमाण्डरको कहानी

‘प्रचण्डलाई फालिएको राजाभन्दा महाराजा भन्छु’

जितेन्द्र थापा |
पुस ३, २०७८ शनिबार १९:३४ बजे

सुर्खेत– व्यवस्था परिर्वतनको लडाइँमा तेह्र वर्षकै उमेरमा कालिकोटको सान्नित्रिवेणि गाउँपालिका–४ उजेल गाउँका व्यासि तिरुवा (विकास)ले घरबार त्यागे । २०५७ मंसिर १८ मा १३ वर्षको उम्मेरमै व्यवस्था परिर्वतन गर्न माओवादी ‘युद्ध’मा होमिए। 

चार कक्षा पढ्दै गर्दा व्यवस्था परिर्वतन गर्ने नारा चर्को रूपमा घन्किएपछि त्यसैमा लागे । ‘सबैजना लाग्नुपर्छ भन्ने भएपछि क्रान्तिमा होमिएको हुँ’ तिरुवा भन्छन् ।


२०५९ सालमा टास्क फोर्स एसटिएफ भेरी कर्णालीमा अछाममा कार्यरत थिए । त्यतिबेला सबैभन्दा ठूलो भीडन्त अछाममै भएको थियो । माआवादीको फोर्स सानो थियो र सुरक्षाकर्मीसँग भीडन्तपछि फोर्स तितरवितर भयो । उनको समूह त्यहाँबाट ज्यान जोगाएर भाग्न सफल भएको थियो । 

त्यसपछि अछामको मंगलसेन आक्रमण भयो । उक्त आक्रमणमा परी धेरै माओवादी लडाकू घाइते भए । तिरुवा जनयुद्धमा लाग्दा सेक्सन भिसी, सेक्सन कमाण्डर, प्लाटुन कमाण्डर हुँदै कम्पनी कमाण्डरसम्म पुगेका थिए ।

‘सुरु सुरुमा राजनीति के हो ? हामी किन लडिँदैछ ?’ भन्ने समेत उनलाई थाहा थिएन । हुन पनि उमेर सानै थियो । पछि लड्दै जाँदा माओवादीले दिमागमा परिर्वतनका नारा घुसाएपछि मात्रै उनले बुझेका थिए । ‘त्यो नाराले पनि मनमा मर्ने डर कत्ति नआउने रहेछ’ उनी भन्छन्, ‘त्यो १३ वर्षको सानो उमेरमा क्रान्तिमा होमिँदा माओवादीको नाराले मर्ने डर मनमा आउँदैन थियो ।’ 

जनयुद्धसँगै राजतन्त्रको अन्त्य भएर गणतन्त स्थापना भयो । उनी भन्छन्, ‘व्यवस्था परिर्वतन भए पनि जनताले चाहेको व्यवस्था ल्याउन सोच परिर्वतन गर्न जरुरी छ ।’
तत्कालीन विद्रोही माओवादी २०६२/६३ मा शान्ति प्रक्रियामा आयो । उनी त्यतिबेला पार्टी सही धारमा चलेको उल्लेख गर्छन् । तर पछि परिवर्तन नभएर सत्ता प्राप्तिका लागि मात्र जनयुद्ध भएको हो कि भन्ने उनलाई लागेको छ ।

तर उनीहरू दाहाललाई राजाभन्दा माथि राखेर हेर्थे । ‘प्रचण्डलाई फालिएको राजाभन्दा महाराजा भन्छु’ उनी भन्छन् । तर व्यवस्था परिवतन भए पनि नेपालका नेताको सोच परिर्वतन नभएको उनको तर्क छ । ‘जनयुद्ध नेपालका आवश्यक थियो त्यो पूरा भयो’, उनले भने, ‘व्यवस्था बदलियो सोच परिर्वतन हुन सकेन । ३४ वर्षसम्म प्रचण्डले मात्र राज गर्दै आएका छन् । व्यवस्था परिर्वतन हुन सोच परिर्वतन हुनुपर्छ । नपालमा विदेशी शिक्षा होइन नेपाली वातावरणकै शिक्षा लागू गर्नुपर्छ ।’

गणतन्त्रको स्थापनापछि नेपालमा ९० प्रतिशत असत्यले सीमा नाघेको टिप्पणी गर्छन् । ‘नराम्रो पक्षमा ९० प्रतिशत छन् भने सत्यको पक्षमा बोल्ने १० प्रतिशत मात्र छ । नेपालमा असत्यले पराकाष्ठा नाघ्यो,’ उनले भने, ‘असत्यको अन्त्य गर्न र सत्यको पुर्नस्थापना गर्न नेपालमा फेरि एउटा क्रान्ति हुन आवश्यक छ ।’ उनी राजनीतिक दल पैसाको लोभमा फँसेको बताउँछन् । उनी भन्छन्, ‘नेपालका राजनीतिक दलहरु पुँजीसँगै बिनास र असत्यलाई माात्र पछ्याइरहेका छन् । पुँजीको लोपमा फँस्दै गएका छन् । सत्य कुरा संर्घष नै हो ।’

चरदिन भोकभोकै जंगलको बास
उनी म्याग्दी जिल्लाको बेनी आक्रमणमा संलग्न थिए । म्याग्दीको बेनी आक्रमण सम्झदा उनलाई रुन मन लाग्छ । उनी भन्छन्, ‘पाँच हजारको संख्यामा आक्रमण गर्न जाँदा तीन दिन खाना नखाएर पानीको सहारामा भोकै युद्ध लडिएको थियो ।’

राति ११ बजे आक्रमण गर्ने भन्ने योजना थियो । आक्रमण गर्दैछन् भन्ने कुरा चुहिएपछि एक्कासि सुरक्षाकर्मीबाट आक्रमण भयो । उनकै आँखा अगाडि पाँच सात जना ढले । सँगै गएका साथीहरूको लास ल्याउन सक्ने पनि बातावरण थिएन । सेनाको गोलीबाट बच्दै जंगलमा बास भयो । चार दिन जंगलको भोको बासपछि मात्र एकदिन पछि रुकुम पुगेपछि खाना खान पाएको स्मरण उनी सुनाउँछन् । 

तीन कक्षा पढेर जनयुद्धमा होम्मिएका तिरुवाले पछि +२ पाससम्म गरेका छन् । उनले पार्टी सत्तारुढ भएपनि सरकारबाट कुनै सहयोग नपाएको बताउँछन् । उनी सहयोग दिए पनि नलिने दृढता व्यक्त गर्छन् । उनी भन्छन्, ‘विगतको हिसाबमा पनि घरको आर्थिक खस्किएको छ । केही गर्न सकिन्थ्यो होला । सबै जनयुद्धले खायो । साँझ–बिहान दुई छक टार्नबाहेक अरु केही गर्न सकिएन ।’
 


Author

थप समाचार
x