राजनीति

नेपालको अभिव्यक्ति :

ओलीका म्यादी सदस्यको लाज मास्कले छोप्दैन, बुर्का लगाइदिनुहोला !

नवराज पनेरु |
माघ १७, २०७७ शनिबार १६:२८ बजे

धनगढी : नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीको पतन निश्चित भएको टिप्पणी गरेका छन् । धनगढीमा भएको विरोध सभालाई सम्बोधन गर्दै नेपालले ओली अहंकारको घोडामा चढेको र पतन निश्चित भएको बताए ।

ओलीलाई दुर्योधनको शंज्ञा दिँदै नेपालले कौरवको विनाश दुर्योधनको अहंकारका कारण भए झैँ ओलीको अहंकारका कारण उनको र उनका मतियारहरूको पतन निश्चित रहेको बताए ।


ओलीले नियुक्त गरेका केन्द्रीय सदस्यहरुप्रति टिप्पणी गर्दै नेपालले भने, ‘केपी ओलीका म्यादी केन्द्रीय सदस्यहरूलाई मास्क लगाएर लाज छोप्न सक्ने अवस्था छैन्, उनीहरुलाई बुर्का लगाई दिनुहोला ।’

नेपालले ओलीले चुनाव गराएर प्रजातन्त्र बलियो बनाउलान् भन्ने भ्रमबाट मुक्त हुन आग्रह पनि गरे । नेपालले अगाडि थपे, ‘केपी ओली कहिल्यै पनि गणतन्त्रको पक्षमा भएनन् । ओलीले चुनाव गराउलान् र प्रजातन्त्र बलियो होला भन्ने सोच्नुभएको छ भने भ्रमबाट मुक्त हुनुहोस् ।’

लोकतन्त्र सकिए पनि गणतन्त्र सकिए पनि ओलीलाई कुनै मतलब नभएको प्रतिक्रिया नेपालको थियो ।


Author

थप समाचार
x