राजनीति

दाहाल-नेपाल समूहको संसदीय दलको बैठक बस्दै, एजेन्डा : अविश्वास प्रस्ताव !

इकागज |
फागुन १२, २०७७ बुधबार ९:५५ बजे

काठमाडौँ : प्रतिनिधि सभा पुनःस्थापना भएपछि नेकपा दाहाल-नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ । कोटेश्वरस्थित पेरिसडाँडामा अपरान्ह ४ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवावलयमा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ ।

दाहाल–नेपाल समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालका अनुसार प्रतिनिधि सभा ब्युतिएपछि संसद सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव प्रक्रिया अगाडी बढाउनका लागि छलफल हुनेछ । गएको पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नुअघि नै संसद सचिवालयमा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो ।


अविश्वास प्रस्तावमा पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको प्रस्ताव गरिएको छ । 


Author

थप समाचार
x