राजनीति

सर्वोच्चको आदेशले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको छ : पार्वत गुरुङ

इकागज |
फागुन १७, २०७७ सोमबार १७:५० बजे

काठमाडौँ : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले राजीनामाबाट रोक्ने काम सर्वोच्चको फैसलाबाट भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले राजीनामा नगर्ने स्पष्ट पारे । प्रतिनिधिसभाको बैठक आव्हान भइसकेकाले संसदीय प्रक्रियाबाट प्रधानमन्त्री अघि बढ्ने उनको भनाइ छ । 

'सर्वोच्च अदालतको फागुन ११ को आदेशले प्रधानमन्त्री केपी शर्मालाई राजीनामा दिनबाट रोकेको छ, उनले भने, 'बहुमत प्राप्त प्रधानमन्त्रीले राज्य संञ्चालन गर्नु संवैधानिक र नैतिकताको विषय भएको फैसला गरेको छ । संसदमा बहुमत प्राप्त नेतासँग सरकार बनाउने र राज्य सञ्चालन गर्ने बाहेक अन्य कुनै संवैधानिक विकल्प नै रहदैन । सर्वोच्चको फैसलाले नै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संवैधानिक हिसाबले नैतिकताको हिसाबले जिम्मेबारीबाट भाग्न पाइदैन ।'


मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गरे । उनले प्रधानमन्त्रीलाई राजीनामा गर्नेहरूलाई आफ्नो राजनीतिक पृष्टभूमि हेरेर राजनीतिबाट नै सन्यास लिन पनि सुझाव दिए।  

उनले भने, 'प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्ने आवाज सुनिरहेका छौ । प्रधानमन्त्रीले राजीनामा गर्नुहुन्न भन्ने सर्वोच्च अदालतको फैसलाले नै भनेको छ । प्रधानमन्त्रीलाई नैतिकताको पाठ सिकाउनेहरूले कुन धरातलबाट उभिएको छु भन्ने कुरा एकपटक फर्केर हेर्ने हो भने उहाँहरूले राजनीतिक ढंगबाट सन्यास लिँदा हुन्छ ।'


Author

थप समाचार
x