राजनीति

एमालेको माधव पक्षलाई अफ्ठ्यारो पर्ने कुनै कदम नचाल्‍न कार्यकर्तालाई दाहालको निर्देशन

बिक्रम खड्का |
फागुन २८, २०७७ शुक्रबार १४:१५ बजे

बुटवल : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब नेकपा एमाले सिङ्‍गो पार्टीका रूपमा रहन नसक्ने बताएका छन् । बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै माधवकुमार नेपाल र झलनाथ खनाललगायतका नेताहरू एमाले पार्टीमै फिर्ता भए पनि त्यो पार्टी अब एक नरहने उनले दाबी गरे ।उनले रुपन्देही, कपिलवस्तु, नवलपरासीमा माओवादीतर्फबाट माधव नेपाललाई अफ्ठ्यारो पर्ने कुनै कदम नचाल्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

‘पूर्वएमाले साथीहरूबारे निर्णय गर्दा तपाईंहरूले हेडक्वार्टरसँग सम्पर्क गरेर मात्रै निर्णय गर्नुहोला, आफै नटुंग्याउनुहोला, कुनै पनि जिल्लाका हाम्रा गतिबिधिले केन्द्रमा माधवजीहरूलाई पिन्च नहोस् (चित्त नदुखोस्),’ दाहालले भने, ‘किनकी त्यसको ठूलो अर्थ छ, अब एमाले एक रहने स्थिति नै छैन।’ एमालेको नेपाल–खनाल पक्षलाई सहयोग गर्नुपर्ने उनले बताए।



Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x