राजनीति

पाल्पामा गठबन्धनबीच सहमति, कांग्रेसलाई ६ र माओवादी र समाजवादीलाई समान दुई–दुई

इकागज |
बैशाख १०, २०७९ शनिबार १३:० बजे

काठमाडौं– आसन्न स्थानीय तहको चुनावमा साझा उम्मेदवार चयन गर्ने विषयमा पाल्पामा पाँच दलीय सत्तारुढ गठबन्धनबीच सहमति जुटको छ। सहमति अनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले दुई–दुई पालिकामा प्रमुखमा उम्मेदवार उठाउने भएको छ। 

माओवादी केन्द्रले तिनाउ र रिब्दीकोट गाउँपालिका साथै रम्भा र पूर्वखोला गाउँपालिका एकीकृत समाजवादीले प्रमुख उठाउने छ । उपप्रमुखमा कांग्रेसले रामपुर नगरपालिका, माथागढी, तिनाउ, रिब्दीकोट, रम्भा, पूर्वखोला गाउँपालिकामा उपप्रमुख उठाउनेछ ।


माओवादी केन्द्रले तानसेन नगरपालिका, रैनादेवीछहरा, निस्दी गाउँपालिकामा साथै नेकपा एकीकृत समाजवादीले बगनासकालीमा उपाध्यक्षमा उठाउने छ ।


Author

थप समाचार
x