कोशी

४७ सांसदसहित केदार कार्की प्रदेश प्रमुख कार्यालयमा [तस्बिरहरू]

इकागज |
असोज २६, २०८० शुक्रबार १७:२२ बजे

विराटनगर- कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेका ३९ सांसद र कांग्रेसका ८ जना सांसदसहित मुख्यमन्त्रीका दाबेदार केदार कार्की प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । उनीहरू प्रदेश सभा सचिवालयबाट प्रमाणीकरण भएको परिचय पत्रसहित कोशी प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।


प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको सरकार गठनका लागि आज अपरान्ह ५ बजेसम्मको समय दिएका थिए । 

प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका दाबेदार कार्कीसहित एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पनि उपस्थित छन् ।

 

प्रदेश प्रमुखबाट सनाखतका लागि समय तोकिए आफूहरू त्यसका लागि तयार रहेको बताएका छन् ।


Author

थप समाचार
x