मधेश

मधेश प्रदेश सांसद यादवको निधन

इकागज |
भदौ २६, २०८० मंगलबार ११:२० बजे

जनकपुरधाम- मधेश प्रदेश सांसद विन्दुकुमारी यादवको निधन भएको छ । दुई वर्षदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित सांसद यादवको ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो ।

जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्यसमेत रहेकी सांसद विन्दु १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा उपचाररत रहेकी सांसद यादवको आज बिहान साढे ८ बजे निधन भएको प्रादेशिक अस्पताल जनकपुरका निर्देशक एवम स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामनरेश पण्डितले जानकारी दिएका छन् ।


यादव धनुषाबाट समानुपातिक सांसद थिइन् । दोस्रो मधेश आन्दोलनमा उनको सक्रिय भूमिका थियो । सांसद यादवको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन प्रदेश सभामुख रामचन्द्र मण्डल, प्रदेश सांसदहरू र जसपासहित विभिन्न पार्टीको नेताहरू जनकपुरधामस्थित उनको निजी निवासमा पुगेका छन् ।

सांसद यादवको निधनप्रति मुख्यमन्त्री सरोजकुमार यादव समेतले एक शोक वक्तव्य जारी गरि शोक व्यक्त गरेका छन् ।


Author

थप समाचार
x