मधेश

हिरासतमा रहेका ट्रक चालकलाई बाहिर निकालेर निर्घात कुटपिट

इकागज |
भदौ ३०, २०८० शनिबार ९:७ बजे

रौतहट- प्रहरी हिरासतमा रहेका ट्रक चालकलाइ नियन्त्रणमा लिइ मरासन्न हुने गरी कुटपिट भएको घटना सार्वजनिक भएको छ ।

ईप्रका विजयपुरको प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई प्रहरी हिरासतबाट बाहिर निकाली निघार्त कुटपिट गरिएको हो । 


फतुवा विजयपुर नगरपालिका घुसुकपुर निवासी उमेश कुमार यादवको ट्रकको ठक्करबाट सन्तपुर चोकमा मृत्यु भएपछि पक्राउ परेका ट्रक चालकलाई निर्घात कुटपिट गरिएको हो ।

सो क्षेत्रका प्रतिनिधिसभा सदस्य प्रभु साहले विजयपुरको प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई हिरासतबाट बाहिर निकाली निर्मम कुटपिटको निन्दा गरेका छन् ।

उनले सो घटनामा संलग्नहरूलाई यथाशीघ्र कानुनको दायरामा ल्याउन स्थानीय प्रशासनसहित नेपाल सरकारसँग जोडदार मागसमेत गरेका छन् ।


Author

थप समाचार
x