बागमती

हेटौंडामा क्रेनको ठक्करबाट सहचालकको मृत्यु

इकागज |
असोज २३, २०८० मंगलबार १६:२१ बजे

मकवानपुर - मकवानपुरको हेटौंडामा क्रेनले ठक्कर दिँदा सहचालकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो हेटौडा उपमहानगरपालिका-१०  कर्राचोक नजिकै प्रदेश २-०३००१ क २०२४ नं को क्रेन ब्याक गर्दा ठक्कर लागि सहचालक सानबाबु पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।


क्रेनले ठक्कर दिँदा गम्भीर घाइते पर्सा वीरगञ्ज ३० लालपर्सा बस्ने २८ वर्षीय पासवानलाई उपचारको लागि हेटौंडा अस्पताल पठाएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

क्रेन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शव हेटौंडा अस्पतालमा रहेको बताइएको छ ।


Author

थप समाचार
x