बागमती

यस्ता छन् बागमती मन्त्रिपरिषद् बैठकका चार निर्णय

इकागज |
असोज २३, २०८० मंगलबार १७:५८ बजे

मकवानपुर- बागमती प्रदेश मन्त्रिपरिषदको मंगलबारको बैठकले विभिन्न चार निर्णय गरेको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम सन्चालन कार्यविधि २०८० स्वीकृत गर्नेलगायतका ४ वटा निर्णय गरेको बागमती प्रदेश सरकारका प्रवक्ता गङ्गा नारायण श्रेष्ठले बताए ।


बागमती प्रदेश मन्त्रिपरिषदले गरेको निर्णयहरू:

१. खरको छाना मुक्त बागमती प्रदेश कार्यक्रम सन्चालन कार्यविधि २०८० स्वीकृत गर्ने ।
२. चेपाङ बनकरिया माझी बोटे एकीकृत बस्ती तथा आवास कार्यक्रम ( मकवानपुर, चितवन र धादिङ ) सम्बन्धी कार्यविधि २०८०, स्वीकृत गर्ने ।
३. प्रदेश सभाको वर्षे अधिवेशन आज असोज २३ गते राती १२ बजे देखि अन्त्य गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने ।
४. प्रहरी भवन निर्माणका लागि सम्बन्धित कार्यालयलाई अख्तियारी दिने ।


Author

थप समाचार
x