बागमती

बागमतीमा जम्मरकट्टेल र लामा मन्त्री बन्दै

इकागज |
कात्तिक २५, २०७८ बिहीबार ११:५० बजे

हेटौंडा - बागमती प्रदेशमा आज दुई मन्त्री नियुक्त गरिदैंछ । गठबन्धनको निर्णयअनुसार नेकपा माओवादी बागमती प्रदेशको संसदीय दलको नेता शालिकराम जम्मरकट्टेल र नेपाली कांग्रेसका निमा लामा मन्त्री बन्दैछन् । गठबन्धनबाट मन्त्री बनेका जम्मरकट्टेललाई आन्तरिक मामिला मन्त्रालय र निमालाई स्वास्थ्य मन्त्रालय दिने  तयारी छ । 

गठबन्धनकाे निर्णयले उनीहरुलाई मन्त्रिपरिषद्मा पठाउन लागेको कांग्रेस प्रमुख सचेतक छिरिङ दोर्जे लामाले जानकारी दिए । उनीहरुलाई आजै अपरान्ह ४ बजे सपथ गराउने तयारी भएको उनले बताए । 


बागमती प्रदेशमा अहिले मुख्यमन्त्रीसहित ४ जनाको मन्त्रीमण्डल रहेको छ । आज दुई जना मन्त्री थपिने भएका हुन् । यसअघि बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेका जम्मरकट्टेल पुनः साेही मन्त्रालय सम्हाल्दै छन् ।  कांग्रेसबाट निमा लामा भने पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।


Author

थप समाचार
x