लुम्बिनी

खनाल र भण्डारीबीच प्रतिस्पर्धा

जेसिसको नयाँ नेतृत्व चयनका लागि आज मतदान

बिक्रम खड्का |
पुस ३, २०७७ शुक्रबार १३:३१ बजे

बुटवल : नेपाल जेसिसको ४७औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनको लागि आज मतदान हुँदैछ । भलवारी जेसीजको आतिथ्यतामा रुपन्देहीको भलवारीमा महाधिवेशन चलिरहेको छ । नेपाल जेसिसको आगामी एक वर्षे कार्यकालको लागि दुई जना प्रतिस्पर्धामा छन् । अध्यक्ष पदमा बिसहजार जेसिस चितवनबाट अरुणेश्वर खनाल र त्रिभुवननगर जेसिस दाङबाट लालमणि भण्डारी प्रतिस्पर्धामा छन् । 

त्यस्तै ४ कार्यकारिणी उपाध्यक्ष, १२ उपाध्यक्ष पदमा पनि मतदान हुनेछ । नेपाल जेसिसको विधान अनुसार महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार पदमा भने अध्यक्षले मनोनित गर्ने व्यबस्था छ । नेतृत्व चयनको लागि नेपाल जेसिसका १ सय ५६ शाखाबाट १ हजार ८सय ५० जना मतदानमा सहभागी हुनेछन् । 


शुक्रबार अवेरबाट मतदान सुरु हुने आतिथ्य शाखा भलवारी जेसिसका अध्यक्ष चिरञ्जिवी बस्यालले जानकारी दिए । उनका अनुसार मतदान सुरु भएको करिव ८ घण्टामा मदतान सकिने छ भने त्यसपछि लगत्तै मतगणना गरिने छ । जेसिसमा झण्डै १७ सय मतदाता रहेका छन् । करिव १५ सय मत खस्ने आयोजकको अनुमान रहेको छ । 

अहिले खनाल र भण्डारी पक्षका समर्थकहरूले नारावासी गर्दै मत मागिरहेका छन् । मतदानस्थल भलवारीमा अहिले चुनावी रौनक निकै तातेको छ । 
कोभिड–१९ महामारीका कारण भौतिक दुरी कायम गरेर मतदान गराउनु पर्ने भएकाले मतदानको समय बढी लाग्ने बस्याल बताउँछन् । मतदान ईलेक्ट्रिक भोटिङ् सिष्टमबाट हुनेछ । जेसिस सम्मेलनको पुस १ गते नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले उद्घाटन गरेका थिए ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x