लुम्बिनी

नेपाल जेसिजको अध्यक्षमा खनाल विजयी

बिक्रम खड्का |
पुस ४, २०७७ शनिबार १५:५८ बजे

बुटवल : नेपाल जेसिजको वर्ष २०२१ को अध्यक्षमा अरूणेश्‍वर खनाल विजयी भएका छन् । गएराति सार्वंजनिक भएको मत परिणाम अनुसार प्रतिष्पर्धी लालमणी भण्डारीलाई दोब्बर मतले पराजित गर्दै खनाल विजयी भए । खनालले १ हजार ९० मत ल्याउदा भण्डारीले ५ सय १२ मत ल्याए । 

पुस १ गतेदेखि रुपन्देहीको तिलोत्तमामा भएको ४७ औं राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ६७ जनाको उम्मेदवारी दिएका थिए । कार्यकारिणी उपाध्यक्षमा सुमन कृष्ण श्रेष्ठ, भोजराज चापागाई, अरूणकुमार दाहाल ,शिवप्रसाद भुसाल निर्वाचित भए  । राष्ट्रिय उपाध्यक्षमा रजनी थापा, विमल ज्ञवाली, कल्पना पाण्डे कुशुम, राजन गौतम, पायल शर्मा, सुजन बरुवाल, गौतम शाह, सुनिल तिमिल्सिना, बिमला सुवेदी, प्रमिशा काफ्ले, दीपेन्द्र निरौला र अनोज जोशी  निर्वाचित भए । 


विधानमा भएको व्यवस्थाअनुसार अध्यक्षमा निर्वाचित भएपछि खनालले महासचिवमा विकास मानन्धर, कोषाध्यक्षमा पबिन्द्र भट्टराइ र कानुनी सल्लाहकार गोकुल सापकोटालाइ मनोनित गरेका छन् ।

महाधिवेशनशनको उद्घाटन नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले गरेका थिए । महाधिवेशनमा एक जना अध्यक्ष, चार जना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष गरी १७ पदमा एक वर्षे कार्यकालका लगि निर्वाचन भएका छन् ।

वर्ष २०२१ का लागि अध्यक्ष पदका लागि ७ जना, कार्यकारिणी उपाध्यक्ष पदका लागि १७ जना र उपाध्यक्ष पदका लागि ४३ जनाको उम्मेदवारी दर्ता भएको थियो ।
 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x