डिफेन्स

नेपाली सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी

इकागज |
माघ ९, २०८० मंगलबार १७:४ बजे

काठमाडौँ - सेना दिवसका अवसरमा नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शन आयोजना गरेको छ । 

नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने विशेष प्रदर्शनको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे । 


माघ १३ गतेसम्म चल्ने प्रदर्शनमा हातहतियार र उपकरणहरू राखिएको छ । साथै, सैनिक पोसाक, सैनिक ब्याण्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौज लगायतका गतिविधिको सामग्रीहरूको प्रदर्शन गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयहरू लगायतको विविध गतिविधि र श्रव्यदृश्य सामग्रीहरूको प्रदर्शन समेत गरिएको सेनाले जनाएको छ ।

प्रदर्शनीबाट आम नागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई नेपाली सेनाका विभिन्न गतिविधिहरूको बारेमा जानकारी हासिल गर्न सहज हुने सेनाको विश्वास छ ।  


Author

थप समाचार
x