सेयर

सेयर बजार झिनाे अंकले वृद्धि

इकागज |
जेठ ३२, २०८० बिहीबार १५:४६ बजे

फाइल फोटो

काठमाडौं -  चालु साताकाे कारोबारको अन्तिम दिन बिहीबार नेप्से ५ अंकले बढ्दा २०४२.०७ मा कायम भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

बुधबार नेप्सेमा ५ अर्बको कारोबार भएको थियो । बजारमा सामान्य सुधार आँउदा बिहीबार शिवम् सिमेन्ट्सको सेयर सबैभन्दा धेरै खरिदबिक्री भएको छ।


यस दिन २७० कम्पनीको ७८ लाख ९६ हजार कित्ता सेयर कारोबार भएको छ । करिब १८ करोड रुपैयाँसहित कारोबार रकमसहित शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।

होटल तथा पर्यटन समूहमा सबैभन्दा बढी चमक देखिएको छ । यसैगरी, बिमा समूहरुमा पनि सुधार जारी छ । 


Author

थप समाचार
x