सेयर

नेप्से परिसूचक १६ दशमलव ८३ अंकले घट्यो

इकागज |
बैशाख ३, २०८१ सोमबार १५:२९ बजे

फाइल तस्बिर

काठमाडौँ - नेप्से परिसूचक १६ दशमलव ८३ अंकले घटेर २००६ दशमलव ५२ मा आएर रोकिएको छ । 

आज ३१४ कम्पनीको ७२ लाख २३ हजार ७७३ सेयर खरिदबिक्री हुँदा २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४२३ रुपैयाँ ६८ पैसा कारोबार भएको छ । आज सबैभन्दा बढी नगादी ग्रुप पा.लिको सेयर कारोबार भएको छ । नगादीको १७ करोड ७३ लाख ६८ हजार २९५ रुपैयाँ २० पैसा कारोबार भएको छ ।


आज सबैभन्दा सेयर बढ्ने कम्पनीहरूमा माछापुच्छ्रे डिवेन्चर ७.९ प्रतिशत, मेन्छियाम हाइड्रोपावर लिमिटेड ६.१०, प्रभु स्मार्ट फन्डको ५.७५, मञ्जुश्री लघुवित्त वित्तीय संस्था ५.५३ र दिव्यश्वरी हाइड्रो पावरको ३.६८ प्रतिशत सेयर बढेको छ । 

आज सबैभन्दा सेयर घट्नेमा गुँरास लघुवित्त वित्तीय संस्थाको १०, डोल्टी पावर कम्पनीको १०, खानीखोला हाइड्रो पावर कमपनीको ७.४३, निफ्रा उर्जा रिनपत्रको ७.११ र मन्डु हाइड्रो पावर लिमिटेडको ६.०१ रहेका छन् ।   


Author

थप समाचार
x