समाज

सीमा नाका खोलाउनुपर्ने भन्दै रौतहटमा प्रदर्शन

माधुरी महतो |
कात्तिक २७, २०७७ बिहीबार १५:५८ बजे

बीरगञ्ज : प्रदेश २ अन्तर्गतको रौतहट जिल्लामा नेपाल–भारत सीमा नाका खुलाउनुपर्ने माग गर्दै बिहीबार स्थानीयवासीले प्रदर्शन गरेका छन् ।

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको सीमा नाका खुलाउन माग गर्दै रौतहटको गौरमा स्थानीयले प्रदर्शन गरेका हुन् । बजार, कलकारखाना, विद्यालय, यातायातलगायत प्राय सबै संचालन भइसक्दा पनि सीमा नाका बन्द गर्नु उचित नहुने भएकोले चाडपर्वका बेला किनमेलका गर्न सीमा नाका खोल्नुपर्ने प्रदर्शनमा सहभागी स्थानीयवासीले बताएका छन् । 


पहिलेजस्तै सामान्य रुपमा मुख्य नाका सञ्चालन गर्न स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्रसमेत  बुझाएका छन् । पर्साका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार स्थानीयले सीमा नाका खोल्नुपर्ने भन्दै शान्तिपूर्ण प्रदर्शन गरेको बताउँदै सरकारले कात्तिक ३० गतेसम्म सीमा नाका बन्द गरेको कारण स्थानीय स्तरबाट नाका खोल्न नसकिने बताए । 

उनले औषधी, अत्यावश्यक वाहन, खाद्यान्नलगायतका सवारीलाई आवत–जावतमा कुनै रोकटोक नभए पनि दुवैतर्फका मानिसहरु भने व्यक्तिगत काम वा किनमेलका लागि आउजाउ गर्न नपाइने बताए । 
 


Author

थप समाचार
x