समाज

ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमा गम्भीर घाइते

इकागज |
फागुन ४, २०७९ बिहीबार ६:४५ बजे

काठमाडौं - नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद चन्द्र भण्डारीको घरमा खाना पकाउने एलपी ग्यास विस्फोट भएको छ । भण्डारीको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर विस्फोट भएको हो । विस्फोटका कारण सांसद भण्डारीसहित उनकी ८६ वर्षकी आमा गम्भीर घाइतेका भएका छन् । 

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर बिस्फोटबाट घाइते नेता भण्डारी र उनकी आमाको उपचार जारी रहेको जानकारी दिए । उनीहरूको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ ।


चन्द्र भण्डारीको शरीर २५ प्रतिशत भाग जलेको र आमाको ७० प्रतिशतभन्दा धेरै जलेको बताइएको छ । 

 


Author

थप समाचार
x