समाज

टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस (तस्बिरहरू)

इकागज |
फागुन ७, २०७९ आइतबार ११:३८ बजे

काठमाडौँ - ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस उपलक्ष्यमा आज  टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।  कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।


विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहानियाँ राणा शासन अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।  विसं २००८ पछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोह आयोजना गर्न थालिएको हो । यस अवसरमा विभिन्न संघ संस्थाले पनि कार्यक्रम आयोजना गर्दै आएका छन् ।


    
सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरुपमा दिवस मनाउन आह्वान गरेको छ । तीन दिनसम्म साँझ दीपावली पनि गरिनेछ ।

प्रजातन्त्र दिवसलाई विसं २०४६, २०६३ र २०६५ का परिवर्तनको जगका रुपमा सम्झना गरी विभिन्न कार्यक्रम आयोजना गरिन्छ । प्रजातन्त्र दिवसकै जगमा करिब ७० वर्षपछि संविधानसभाबाट संविधान  जारी भएकाले पनि यो दिवसको विशेष महत्व रहेको छ ।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय


Author

थप समाचार
x