समाज

मुलुकभर सार्वजनिक बिदा

नेवा: समुदायमा आज पनि किजा पूजा

रानीपाेखरीस्थित बालगाेपालेश्वर मन्दिर आज पनि खुल्ला

इकागज |
मंसिर २, २०७७ मंगलबार ८:४५ बजे

काठमाडौँ : सभ्यता र मौलिक चाडवाडका धनी नेवा: समुदायमा मंगलबार (आज) पनि भाइटीका (किजा पूजा) को रौनक छ । उनीहरूका केही समूहले आज पनि भाइटिका लगाउने भएपछि तिहारको रौनक बाँकी रहेको हो । तिथिअनुसार यस वर्ष आज बिहान पनि केही समय द्वितीया रहेकाले उनीहरूले टीका लगाउने भएका हुन् । 

कृषिप्रधान नेवा: समुदायमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा गरी तीन दिन तिहार मनाउँदै आएका छन् । नेवार समुदायको भाइटीकाका लागि भन्दै सरकारले मुलुकभर आज सार्वजनिक बिदासमेत दिएको छ ।


समुदायको अधिकांशले मंसिर १ मै भाइटीका लगाइसकेका भए पनि केहीले आज लगाउने भएका हुन् । १ गते भाइटीका नलगाउनेहरूलाई लक्षित गरेर रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज पनि खुला गरिएको छ । रानीपोखरीको बीचमा रहेको यो मन्दिर भुकम्पको कारण पाँच वर्षसम्म बन्द  थियो ।

पुनर्निमाणपछि भाइटीकाका दिन सर्वसाधारणनिम्ति मन्दिर पहिलोपटक खुला गरिएको थियो । दिदीबहिनी नहुनेहरू मन्दिरमा पूजा गरी टीका लगाउने चलन छ । त्यसैले बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने चलन छ । आज बिहान ५ बजेदेखि नै मन्दिर खुल्ला गरिएको हो ।


Author

थप समाचार
x