समाज

काठमाडौंमा झर्‍यो याे वर्षको पहिलो हिउँदे वर्षा (तस्बिरहरू)

इकागज |
फागुन १४, २०७९ आइतबार १६:३५ बजे

काठमाडौं । काठमाडौं उपत्यकामा यो वर्षको पहिलो हिउँदे वर्षा भएको छ । आज उपत्यकासहित देशका केही भागमा पानी परेको हो ।

पश्चिमी वायुको प्रभावका कारण मेघ गर्जनसहित वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


दिउँसो एक्कासी परेको पानीले जनजीवन प्रभावित बनाएको छ । गण्डकी र वागमती प्रदेशका केही स्थानमा असिनासमेत परेको छ ।


 


Author

थप समाचार
x