समाज

आहा ! काठमाडौँका पार्क (फोटो फिचर)

इकागज |
बैशाख १६, २०८० शनिबार १०:३९ बजे

धुलो धुँवा भीडभाड र कोलाहलपूर्ण काठमाडौँमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौँ शहर घुम्दा यस्तै लाग्छ ।


तर काठमाडौँमा थोरै भएपनि यस्ता सुन्दर र शान्त अनि खुला ठाउँ छन् । २०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्व बढेको छ ।

सरकारी र निजी क्षेत्र शहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन् । पार्कमा घुम्ने संस्कृति पछिल्लो समय बढ्दै गइरहेको पनि छ ।

भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर आजकलका राजधानीवासी घुम्न निस्कन्छन् । लामो बिदामा टाढा घुम्न जाने संस्कृति विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन् ।

 

तस्बिर : न्युज एजेन्सी नेपाल
 


Author

थप समाचार
x