समाज

(फोटो फिचर)

जसलाई श्रमिक दिवसले छोएन

इकागज |
बैशाख १८, २०८० सोमबार १९:४५ बजे

तस्बिर : न्युज कारखाना

काठमाडौँ- विश्वभर सोमबार अन्तर्राष्ट्रिय श्रमिक दिवस  मनाइँदै छ । नेपालले पनि मनाइरहेको छ । सोमबार बिहानै राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेतादेखि सर्वसाधारण सबैले श्रमिक दिवसको अवसरमा मजदुरको पक्षमा शुभकामना दिएका छन् । तर, मजदुरलाई भने यसले कुनै प्रभाव पारेको देखिँदैन । दैनिक मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने मजदुरलाई विश्वभर मनाइरहेको श्रमिक दिवसले छोएको छैन । 


काठमाडौँमा केही दिनयता झरी परेको छ । सोही झरीमा रुझ्दै श्रमिक आफ्नो कर्ममा सोमबार बिहानैबाट खटिएका छन् । जसलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसले छोएको छैन । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा पनि दिएको छ । तर, अधिकांश निजी क्षेत्रमा काम गर्ने कर्मचारी र संस्थागतविहीन मजदुर भने सोमबार पनि अतिरिक्त सुविधाविना नै काम खटिएका छन् । 


Author

थप समाचार
x