समाज

सरकारले घटायो सार्वजनिक यातायातको भाडा, कहाँ जान कति लाग्छ ? (सूचीसहित)

इकागज |
साउन १, २०८० सोमबार १३:२२ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । 

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेर डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो । 


स्वचालित प्रणालीअनुसार आइतबार मध्यरातिदेखि डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ ।

इन्धनको मूल्य घटेसँगै विभागले यात्रुबाहक सवारीसाधनमा २.१३ प्रतिशत, मालबाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको हो । 

घटाएको भाडा दर सोमबारबाटै लागु हुने विभागले जनाएको छ । 
 


Author

थप समाचार
x