समाज

सिन्धुपाल्चोक जिल्लाबाट एसईई परीक्षामा उत्कृष्ट अंक ल्याइ पास हुने विद्यार्थी सम्मानित

इकागज |
असोज २०, २०८० शनिबार १८:३९ बजे

काठमाडौँ- सिन्धु युएसए वेल्फेयर सोसाईटी र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले सिन्धुपाल्चोक जिल्लाबाट उत्कृष्ट अंक ल्याएर एसईई परीक्षामा पास हुने विद्यार्थीलाई सम्मान गरेको छ ।

शनिबार काठमाडौँको बुद्धनगरमा आयोजित सम्मान कार्यक्रममा २०७९ को एसईईको परीक्षामा सहभागी भइ उत्कृष्ट अंक ल्याएर पास हुने विभिन्न विद्यालयका विद्यार्थी सम्मानित भएका हुन् ।


अमेरिकामा बस्दै आएका सिन्धुपाल्चोकबासीले जिल्लाका विभिन्न विद्यालयका दुई छात्र र तीन छात्रालाई सम्मान गरेका हुन् । 

मेलम्ची ध्याङ  माध्यमिक विद्यालय हेलम्बुक विवेक श्रेष्ठ, मेलम्ची ध्याङ  माध्यमिक विद्यालय हेलम्बुका आश्विन तामाङ, बालशिक्षा माध्यमिक खाडीचौरका संस्कृति चालिसे, प्रगति इंग्लिस सेकेण्डरी स्कुल मेलम्चीकी खुसी श्रेष्ठ र , प्रगति इंग्लिस सेकेण्डरी स्कुल मेलम्चीकी सजना बस्नेत सम्मानित भएकी हुन् ।

सम्मानित हुने विद्यार्थीलाई २१ हजार नगद र प्रमाणपत्रसहित सम्मानित भएका हुन् । त्यसैगरी युसए वेल्फेयर सोसाइटीले अध्ययन पूरा गराएको विद्यार्थी दावा शेर्पालाई आजै विदाइ पत्रसहित सम्मान गरेको छ ।

सम्मान कार्यक्रमको सभापति वंशलाल तामाङले गरेका थिए । सम्मानि हुने विद्यार्थीको भविष्य उज्वलको शुभकामाना हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, सिन्धुपाल्चोक  जिल्ला शिक्षा समन्वय प्रमुख कृष्णप्रसाद सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बेदबहादुर श्रेष्ठ र उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष होम बहादुर बस्नेतले सम्मानि हुने विद्यार्थीको उज्वल भविष्यको शुभकामाना सहित बधाई ज्ञापन व्यक्त गरेका थिए ।


Author

थप समाचार
x