समाज

तिहारमा सुदूरपश्चिममा सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु

इकागज |
मंसिर १, २०८० शुक्रबार १६:८ बजे

कैलाली- सुदूरपश्चिममा तिहारको अवधिमा भएका दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ भने ५४ जना घाइते भएका छन् ।

कार्तिक १२ देखि ३० गतेसम्म भएका २२ दुर्घटनामा १७ जनाको मृत्यु र ५४ जना घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।


नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल उप्रेतीले सोही अवधिमा नियम उल्लंघन गरी सवारी साधन चलाउने ४ हजार १ सय २३ कारबाहीमा २६ लख ८१ हजार राजश्व असुली गरिएको जानकारी दिए ।


Author

थप समाचार
x