समाज

बालिका बलात्कार आराेपमा एकजना पक्राउ

इकागज |
पुस २६, २०८० बिहीबार १६:४० बजे

सांकेतिक तस्बिर

उदयपुर- १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-७ बस्ने ३५ वर्षीय पत्थरसिंह राईलाई प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 


Author

थप समाचार
x