समाज

भ्रष्टाचार मुद्दामा​ देवाही गोनाहीका पूर्व मेयर र सहयोगीले पाए सफाइ

इकागज |
माघ ५, २०८० शुक्रबार २२:३ बजे

रौतहट- रौतहटको देवाही गोनाहीका पूर्व मेयर धर्मेन्द्र पटेल दुई वर्षपछि विशेष अदालत काठमाडौँबाट सफाइ पाएका छन् । उनी संगै सहयोगीको रूपमा रहेका अशोक पटेलले समेत सफाइ पाएका छन् । 

शुक्रबार न्यायाधीश खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र न्यायाधीश रितेन्द्र थापाको संयुक्त इजलासले पूर्व मेयर पटेल र उनका सहयोगीलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो ।


२०७८ फागुन १५ गते तत्कालीन मेयर धर्मेन्द्र पटेल नगरपालिकामा आफ्नै कार्यकक्षबाट पक्राउ परेका थिए ।

उनलाई दुई लाख नगद र साढे दुई लाख रुपैयाँको चेकसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले पक्राउ गरेको थियो । देवाही गोनाही नगरपालिका वडा नम्बर १ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले उनलाई र उनका स्वकीय सचिव अशोक पटेल लगायत चार जना पक्राउ गरेको थियो ।

पक्राउपछि लगत्तै उनी अख्तियारद्वारा निलम्बित भएका थिए । पटेल निलम्बित भएकै कारण गत स्थानीय निकायको निर्वाचनमा उनी उम्मेदवारीबाट वञ्चित भएका थिए । उनको स्थानमा उनको श्रीमती चुनाव लडे पनि पराजित भएकी थिइन् ।


Author

थप समाचार
x