समाज

अजरबैजान पठाइदिन्छु भन्दै ३३ लाख ठगी​​​​​​​ गर्ने मिराकल कन्सलटेन्सीका सञ्चालक पक्राउ

इकागज |
माघ १५, २०८० सोमबार १७:४४ बजे

काठमाडौँ- अजरबैजान पठाइदिन्छु भन्दै ३३ लाख ठगी गरेको आरोपमा मिराकल कन्सलटेन्सीका सञ्चालक रामशरण सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज उनलाई पक्राउ गरेको हो ।


सञ्चालक सिवाकोटीले युनिसा आले मगरबाट १६ लाख ५० हजार र राजन प्रसाईंबाट १६ लाख ५२ हजार गरी ३३ लाख २ हजार ठगी गरेको प्रहरीले जनाएको छ ।

उनले मासिक २ लाख आम्दानी हुने भन्दै अजरबैजान पठाइदिने बताएका थिए । पैसा बुझेपछि भने उनी भारतको दिल्ली फरार भए ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट निजले फ्रान्स, स्पेन, युक्रेन जस्ता देशहरूमा पठाउने भनी धेरै व्यक्तिहरूसँग रकम लिएको खुलेको छ ।


Author

थप समाचार
x