समाज

अरुण चौधरीलाई रिहा गरेका न्यायाधीशको मुगु सरुवा

इकागज |
माघ २९, २०८० सोमबार १८:१७ बजे

काठमाडौँ- बाँसबारी छाला जुत्ता जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई हाजिर जमानीमा छाड्न आदेश दिने काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको मुगु सरुवा गरिएको छ ।

केही महिना अघिमात्र सरुवा भएर काठमाडौँ जिल्ला अदालत ल्याइएका आचार्यलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फेरि मुगु जिल्ला अदालत सरुवा गरेका हुन् ।


प्रहरीले अनुसन्धानका लागि चार दिन म्याद लिएकै बेला काठमाडौँ जिल्ला अदालतले फेरि दुई दिनमै चौधरीलाई जमानतमा छाड्न आदेश दिएको थियो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि उक्त आदेशप्रति असन्तुष्ट रहँदै आएका थिए ।


Author

थप समाचार
x