समाज

कैलालीमा १७ वर्षीय किशोरद्वारा २५ वर्षीया युवती बलात्कृत

इकागज |
फागुन १५, २०८० मंगलबार २०:१३ बजे

धनगढी- कैलालीमा एक नाबालकले युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

सोमबार जिल्लाको लम्कीचुहा नगरपालिका–१ का १७ वर्षीय नाम गोप्य राखिएका नाबालकले युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार २५ वर्षीया युवतीमाथि ती नाबालकले करणी गरेको स्वीकार गरेका छन् ।


उनले सुस्त मनस्थिति रहेकी ती युवतीलाई बोलाएर करणी गरेको प्रहरीको दाबी छ । करणीमा परेकी युवतीले घरमा भनेपछि प्रहरीमा उजुरी आएकोमा घटना सार्वजनिक भएको हो । लम्कीमा यस्तो घटना भएको जानकारी जिल्लालाई प्राप्त भएको डीएसपी कुलदिप चन्दले बताए ।


Author

थप समाचार
x