समाज

सरकार र मिटरब्याज पीडितको वार्ता सकारात्मक, आज फेरि छलफल गर्दै

इकागज |
फागुन १९, २०८० शनिबार ८:६ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकार र मिटरब्याज पीडितबीचको वार्ता सकारात्मक दिशातर्फ अग्रसर भएको छ । शुक्रबार साँझ भएको वार्ता सकारात्मक रहेको र आज पुनः छलफल हुने पीडित समूहका वार्ताटोली संयोजक अवधेश कुशवाहले बताए । 

'समस्याको समाधान गर्ने भनेर राज्य लागिरहेकाले समीक्षा गरेर अघि बढौँ, संरचना निर्माण गर्ने भएपनि निर्माण गरौँ भन्ने प्रस्ताव सरकारी टोलीबाट आएको छ' कुशवाहले भने । 


मिटरब्याज पीडित संघर्ष समितिका संयोजक नृग नविनले आजको चौथो चरणको वार्ता सकारात्मक रहेको बताए । उनले अबको वार्ताबाट निष्कर्ष निस्कने विश्वास व्यक्त गरे । 

संघर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृहमन्त्रालयका  सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ । 

अधिकारसम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर  काठमाडौँ आइपुगेका मिटरब्याज पीडितले विगत केही दिनयता काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।


Author

थप समाचार
x