समाज

धनुषामा एक महिला बलात्कृत

इकागज |
फागुन २७, २०८० आइतबार १७:५६ बजे

ढल्केवर- धनुषामा एक महिलामाथि बलात्कार भएको छ । महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । 

पक्राउ परेका युवकले गत २४ फागुनमा राति मिथिला नगरपालिका-३ बस्ने एक महिलामाथि जबरजस्ती करणी गरेको आरोप छ । घटनालगत्तै महिला हारगुहार गर्दै चिच्याएपछि स्थानीयले युवकलाई प्रहरीमा जिम्मा लगाएका थिए ।


आफ्नै घरमा सुतिरहेको बेला २४ वर्षीय युवकले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै महिलाले प्रहरीमा किटानी जाहेरीसमेत दिएकी छन् । आरोपितविरुद्ध जबरजस्ती करणी मुद्दामा जाहेरी दर्ता भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए ।


Author

थप समाचार
x