समाज

सुनको सिक्री नपाएको भन्दै बिहे रद्द गर्ने बेहुलासहित पाँच जनालाई दुई दिन हिरासतमा राखिने

इकागज |
फागुन २९, २०८० मंगलबार २०:४४ बजे

काठमाडौँ- पर्साको वीरगञ्जमा सुनको सिक्री नदिएको भन्दै बिहे रद्द गर्ने बेहुलासहित पाँच जनामाथि विवाहसम्बन्धी कसुरमा दुई दिन प्रहरी हिरासतमा राख्ने म्याद थप भएको छ ।

बेहुला बाराको कलैया नगरपालिका-४ का २८ वर्षीय उमेश साहसहित पाँच जनालाई जिल्ला अदालत पर्साले विवाह कसुरमा दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।


पर्साका प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाका अनुसार पक्राउ परेका बेहुला उमेश साह गोढ, बेहुलाका बुवा ६० वर्षीय बच्चालाल साह, दाई द्वय ४२ वर्षीय राकेशकुमार साह र ४० वर्षका मुकेशकुमार साह र बेहुलाका भिनाजु बाराको परवानीपुर गाउँपालिका-५ बस्ने वर्ष ४५ का रामएकवाल साहलाई पक्राउ गरी अदालतमा म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।

सोमबार राति पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.२४ स्थित सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीसँग विवाहका लागि बेहुलासहित जन्ती आयो । द्वार पूजापछि स्वयंवर बरमालाको परम्परा पनि पूरा भएको थियो । उक्त विधिपश्चात विवाहको विधि पूरा गर्नका लागि विवाह मण्डपमा पुग्दा बेहुलाले विभिन्न बहाना बनाउँदै सुनको सिक्री नपाएपछि विवाह नै बहिष्कार गरेका थिए । 

द्वार पूजा बरमाला भइसक्दा पनि मात्र ५० हजारको सिक्री नपाउँदा बेहुला विवाह मण्डपबाट भाग्न खोज्दा झडपसमेत भएको थियो । बेहुली पक्षले जति सम्झाउँदा पनि बेहुला बिहे गर्न नमानेपछि कुटपिट सुरु भएको थियो । स्थानीयको खबरअनुसार लगत्तै प्रहरी चौकी श्रीपुरबाट घटनास्थल पुगेको प्रहरी टोलीले बेहुलासहित केही जन्तीलाई नियन्त्रणमा लिएको थियो ।

र, यो पनि

वीरगञ्जमा सुनको सिक्री नपाएपछि सरकारी कर्मचारी रहेका बेहुला नै विवाह नगरी फर्किए

 

 

 


Author

थप समाचार
x