समाज

प्रहरी चौकी पाँचपोखरी थाङपालको भवन उद्घाटन

इकागज |
बैशाख १८, २०८१ मंगलबार १७:५१ बजे

काठमाडौँ - सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालमा नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ । बागमती प्रदेशका मन्त्री गंगा नारायण श्रेष्ठले नवनिर्मित कार्यालय, ब्यारेक तथा मेश भवनको आज उद्घाटन गरेका हुन् । 

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विनियोजित बजेटबाट प्रहरी चौकीको निर्माण भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


कार्यक्रममा सिन्धुपाल्चोक प्रदेश सांसद कृष्ण कुमार तामाङ, पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा, सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्य, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किसन सिंह थापा, पाँचपोखरी थाङपाल गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारी, सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्का, स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीयको उपस्थिति रहेको थियो । 


Author

थप समाचार
x