समाज

हँसियाले हानेर श्रीमतीले गरिन् श्रीमानको हत्या

इकागज |
भदौ १३, २०७८ आइतबार १५:३४ बजे

फाइल फोटो

तुल्सीपुर : घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आफ्नै श्रीमानलाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेको  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम आर्यालले जानकारी दिए । 

घरायसी विवाद हुँदा श्रीमान्लाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको देवीकुमारीले प्रहरी समक्ष बयान दिएकी छन् । उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
 



Author

थप समाचार
x