समाज

काठमाडौँमा न्यायको लडाई जितेर नेपालगञ्ज पुगेपछि लाग्यो नारा, ‘रुबी खान, जिन्दावाद’

इकागज |
कात्तिक ३, २०७८ बुधबार २०:३४ बजे

काठमाडाैँ - बाँकेदेखि पैदल हिँडेर काठमाडौँमा दुई हप्ता कठोर आन्दोलनबाट सरकारले न्याय दिलाउने सुनिश्चितता गरेपछि नेपालगञ्ज फर्किएको रुबी खानसहितको टोलीलाई स्वागत गरिएको छ ।

बेलूकी नेपालगञ्ज पुगेको महिला अधिकारकर्मीसहितको टोलीलाई स्थानीय पीडित परिवारले स्वागत गरेका हुन् । उनीहरुले महिला अधिकारकर्मी रुबी खानसहितको टोलीलाई खुशीका साथ स्वागत गरेका हुन् । 


स्वागत गर्ने क्रममा पीडित परिवार र स्थानीयले महिला अधिकारकर्मी रुबी खानको प्रशंसा गरेका छन् । उनीहरुले स्वागत गर्दै, ‘रुबी खान, जिन्दावाद’ नारा समेत लगाएका छन् ।

बाँके जानकी गाउँपालिकाकी ननकुन्नी धोबीको रहस्यमय मृत्यु र बेपत्ता निर्मला कुर्मीका बारेमा स्थानीय प्रशासनले सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्न बेवास्ता गरेपछि रुबी खानसहित १४ जनाको टोलीले काठमाडौँसम्म कठोर पैदल यात्रा र आन्दोलन गरेपछि सरकारले न्याय दिलाउने आश्वासन दिएको हो ।

यसका लागि गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ । टोलीले दिएको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ । 


Author

थप समाचार
x