समाज

इकागज स्कुल - १२

लैंगिक हिंसाविरुद्धको कानुनमा के छ ? थाहा पाइराखे राम्रो

इकागज |
मंसिर २३, २०७८ बिहीबार १४:२८ बजे

अहिले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान (नोभेम्बर २५ देखि डिसेम्बर १०) चलिरहेको छ । यसको नारा छ— घरैदेखि सुरु गरौँ, महिलाविरुद्धको हिंसा अन्त्य गरौँ । लैङ्गिक हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा कसैप्रति, शारीरिक, मानसिक वा यौजजन्य क्षति वा पीडा पुर्‍याउने कार्यहरूलाई जनाउँछ । लिङ्गको आधारमा हुने कुनै पनि प्रकारका अपमानजनक, पीडाजन्य वा धम्कीपूर्ण, व्यवहार, दबाब, करकाप वा स्वेच्छाचारी रूपमा महिला, पुरुष वा यौनिक अल्पसंख्यकलाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै पनि कार्य यसभित्र पर्छन् । यसपटकको इकागज स्कुलमा हामी लैङ्गिक हिंसाविरुद्ध कानुनले के–कस्तो सजाय तोकेको छ ? त्यसका विषयमा विस्तृत जानकारी दिनेछौँ:

घरेलु हिंसा गरेमा के कारबाही हुन्छ ?


तीन हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुन्छ ।

छाउपडी, महिनावारी विभेद गरेमा के हुन्छ ?

तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन्छ ।

जबरजस्ती करणी गरेमा के सजाय हुन्छ ?

पीडितको उमेर र कसूरको प्रकृतिअनुसार आठ वर्षदेखि जन्मकैदसम्म हुन्छ ।

वैवाहिक बलात्कार गरेमा के हुन्छ ?

पाँच वर्षसम्म कैद सजाय हुन्छ । 

यौनजन्य दुर्व्यवहार गरेमा के सजाय हुन्छ ?

तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । 

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार गरेमा के हुन्छ ?

६ महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन्छ ।

मानव बेचबिखन र ओसारपसार गरेमा के कारबाही हुन्छ ?

२० वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिवाना हुन्छ । 

बालविवाह गरेमा के–कति सजाय हुन्छ ?

तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।

मन्जुरीबिनाको विवाह गरेमा के हुन्छ ?

२ वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।

बहुविवाह गरेमा के हुन्छ ?

१ वर्षदेखि ५ वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।

तेजाब प्रहार गरेमा कति कारबाही हुन्छ ?

२० वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना हुन्छ ।

आगो लगाएमा के हुन्छ ?

तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।

लिंगको आधारमा भ्रुणको गर्भपतन गराएमा के हुन्छ ?

लिंग परीक्षण गरेमा तीनदेखि छ महिनासम्म कैद हुन्छ । लिंगको आधारमा गर्भपतन गरेमा एक वर्षसम्म कैद सजाय हुन्छ । 

गाली बेइज्जती गरेमा के सजाय हुन्छ ?

गाली गरेमा एक वर्ष कैद वा १० हजार रुपैयाँ वा दुवै सजाय हुने व्यवस्था छ । बेइज्जती गरेमा दुई वर्ष कैद वा २० हजार वा दुवै सजाय हुन्छ । विद्युतीय वा सामाजिक माध्यममार्फत गाली बेइज्जती गरेमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन्छ ।

बोक्सीको आरोप लगाएमा के कारबाही हुन्छ ?

आठ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ । 

दाइजोसम्बन्धी विषयमा हिंसा गरेमा के हुन्छ ?

विवाहअघि दाइजोसम्बन्धी हिंसा भएमा तीन वर्ष वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन्छ । त्यस्तै विवाहपछि भएमा पाँच वर्ष वा ५० हजार रुपैयाँ वा दुवै सजाय हुने । 

विद्युतीय कारोबारसँग सम्बन्धित हिंसा गरेमा हुन्छ ?

पाँच वर्ष कैद वा एक लाखसम्म जरिवाना वा दुवै हुन्छ ।

अमानवीय वा अपमानजनक व्यवहार गरेमा के हुन्छ ?

५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुन्छ ।

खान लगाउन नदिने वा घरबाट निकालेमा के हुन्छ ?

अंश वा मानाचामल वा सम्बन्ध विच्छेद हुन्छ ।  

 प्रस्तुति सिर्जना खड्का 

र, तपाईं पनि  यी स्कुलमा भर्ना हुनुहाेस् :

इकागज स्कुल १ : यो राजनीति बुझ्नुभएको छैन ? पढ्नुहोस्, १२ प्रश्नोत्तर

इकागज स्कुल २ : अदालती प्रक्रियाबारे अलमल छ ? पठनीय छन् यी सात प्रश्नोत्तर 

इकागज स्कुल ३ : प्रतिनिधि सभा विघटनपछि विधेयक निष्क्रिय भए, अब बस्ने राष्ट्रिय सभा बैठकले के गर्छ ?  

इकागज  स्कुल ४ : ‘दिव्य–उपदेश’ के हो ? पढ्नुहोस् १० उपदेश 

इकागज  स्कुल ५ : यी १२ प्रश्नोत्तर जसले तपाईंलाई कोभिड खोपबारे छर्लंग बनाउनेछ  

इकागज स्कुल ६ : इकागज–स्कुल : बजेटबारे १८ प्रश्न, १८ उत्तर  

इकागज स्कुल ७ : काठमाडौँका लागि मेलम्चीको ३० वर्षे यात्रा, यी १५ प्रश्नोत्तरमा

इकागज स्कुल ८ : 'अक्सिजन कन्सन्ट्रेटर'बारे ६ प्रश्नोत्तर  

इकागज स्कुल ९ : मान्छेबाट प्रकृतिलाई आपत्, त्यसपछि प्राकृतिक विपद् 

इकागज स्कुल १० : मौद्रिक नीतिबारे ७ प्रश्नोत्तर 

करसम्बन्धी ११ प्रश्नोत्तर : शासक-प्रशासकको विलासितामा धेरै कर खर्चिनु करदातामाथि अन्याय

 


Author

थप समाचार
x